Home समाचार एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक १ बजे सम्मलाई स्थगित

एमालेले अवरोध गरेपछि गण्डकी प्रदेशसभा बैठक १ बजे सम्मलाई स्थगित

by ईलालटिन
0 comment

कास्की । गण्डकी प्रदेशसभाको बैठक १ बजे सम्मका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध जनाए पछि बैठक अहिले दिउँसो १ बजेसम्मलाई स्थगित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गर्न साथ एमाले सांसदहरू उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए । त्यसपछि बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । उनले सरकार कति रकम रकमान्तर गरेको हो भन्ने बारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए । त्यसपछि सभामुखले संसद् १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com