Home समाचार हत्या भएको एक महिनापछि सुजिता ठाकुरको शव फेला

हत्या भएको एक महिनापछि सुजिता ठाकुरको शव फेला

by ईलालटिन
0 comment

महोत्तरी ।   जेठ १९ देखि बेपत्ता भएकी महोत्तरीका सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहरपट्टी नगरपालिका वडा नम्बर ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको हो । पेट्रोल पम्पको छेउमा रहेको शौचालयको हदबाट सुजिताको शव बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ । शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो  । शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो । सुजिताको हत्याको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्याबारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेका थिए । सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देवरानी रोमालाई पक्राउ गरेको महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनाबारे थप अनुसन्धान तथा खोजतलास भईरहेको घटनास्थलमा पुगेका प्रदेश प्रहरीका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com