Home विशेष ‘मेरो जित निश्चित, अब घोषणा हुन मात्र बाँकी’–अध्यक्षका प्रत्याशी पौडेल 

‘मेरो जित निश्चित, अब घोषणा हुन मात्र बाँकी’–अध्यक्षका प्रत्याशी पौडेल 

by ईलालटिन
0 comment
सुजन केसी 

जापान । विभिन्न पेसा, व्यवसाय, अध्ययन लगायतका क्षेत्रहरूमा कर्म र अध्ययन गर्न विदेशमा रहेका नेपालीहरूका लागि गैरआवसीय नेपाली सङ्घको (एनआरएनए) चुनाव एउटा पर्व नै बन्ने गरेको छ  ।

चुनावको मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालहरूमा विभिन्न पदका लागि आफ्ना उम्मेदवारी घोषणा गर्दै प्रचारबाजी सुरु भएका छन् । उसो त महिनौँ अघि देखि उम्मेदवार निकटका व्यक्तिहरूबाट ‘फलानोलाई जिताऔँ’ भन्दै अभियान नै सुरु भैसकेका छन् ।

अन्य देशमा जस्तै जापानमा रहेका नेपालीहरूलाई पनि चुनाव लागिसकेको देखिन्छ । यहाँ बस्ने प्रायको फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा कित्ताकाट गरेर आफ्ना उम्मेदवारलाई जिताउन लागिसकेका छन् । आगामी अध्यक्ष (२०२१–२०२३) का लागि जापानबाट धेरै जनाले आकाङ्क्षा देखाए पनि ती मध्ये शिव प्रसाद पौडेल दरिलो उम्मेदवारका रूपमा नेपाली समाजले हेरेको छ । उनको जित लगभग निश्चित जस्तै रहेको बताइन्छ ।

अध्यक्षका प्रत्याशी पौडेलले चुनावमा जितेपछि आफूले गर्ने कामहरूको २४ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिसकेका छन् । जापानमा रहेका नेपालीहरूको हकहित र सुरक्षाका विषयमा संवेदनशील बनेर अघि बढ्ने देखि संस्थाका हरेक गतिविधिलाई पारदर्शी र जिम्मेवार बनाउनेसम्मका योजनाहरू पौडेल सँग रहेका छन् ।

जुलाई २७ मा चुनावको मिति तय भएको छ । ग्लोबल होम नेटवर्क नामक कम्पनी सञ्चालन गर्दै आएका छन् । उनको कम्पनीले घरजग्गा सम्बन्धी काम गर्ने गर्छ ।

पौडेल व्यापार बाहेक सामाजिक सङ्घ संस्थाहरूमा समेत आबद्ध रहेका छन् । जापानमा मात्र नभएर पौडेलले नेपालमा पनि सक्रियताका साथ काम गरिरहेका छन् । सस्तो लोकप्रियता मन नपराउने पौडेलले सेवा भन्ने कुरा हल्ला गर्ने चिज नभएको बताउँछन् । ‘एउटा हातले सेवा गरेको अर्को हातले थाहा नपाओस्’,उनी भन्छन्,‘मेरो मान्यता र सिद्धान्त यही नै हो ।’

कास्की हेम्जामा जन्मिएका पौडेल उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा जापान पुगेका थिए । विभिन्न पदमा रहेर काम गरिसकेका उनले सन् २००८ मा एनआरएनएको सदस्यता लिएका थिए ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com