Home समाचार बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण

बन्दुकधारीद्वारा नाइजेरियामा स्कूलका १४० विद्यार्थी अपहरण

by ईलालटिन
0 comment

काठमाडौं ।  नाइजेरियाको काडुना राज्यमा बन्दुकधारीले स्कूलका १४० विद्यार्थी अपहरण गरेका छन् । प्रहरीले यो घटनाको पुष्टि गर्दै देशको उत्तर–पश्चिम हिस्सामा काडुनामा कम्तीमा १४० विद्यार्थी अपहरण गरेको जानकारी दिएको छ । यसअघि आइतबार पनि आठजनाको अपहरण गरिएको खबर आएको थियो । आइतबार जारियामा राष्ट्रिय क्षयरोग एवं कुष्ठ रोग केन्द्रबाट कम्तीमा आठजनालाई अपहरण गरिएको थियो  अस्पतालका एक कर्मचारीका अनुसार अपहरित व्यक्तिमध्ये दुई नर्स र एक १२ महिनाका बालक पनि समावेश छन् । नाइजेरियामा पछिल्ला केही समयदेखि स्कूल र विश्वविद्यालयमा फिरौतीका लागि अपहरणका थुप्रै घटना सार्वजनिक भएका छन् । सोमबार जारियाबाट लगभग ८० किलोमिटर दक्षिण–पश्चिममा काडुना शहर नजिकै एक विद्यालयबाट सामूहिक अपहरणको अबर आएको थियो । बेथेल ब्यापटिस्ट स्कूलबाट अपहरण गरिएकी एक १५ वर्षीया बालिकाकी आमाले बीबीसीलाई उनीहरु मोटरसाइकलमा सवार भएको र उनीहरुसँग हतियार भएको जानकारी दिइन् । उनीहरुले स्कूलको घेरालाई तोड्दै भित्र प्रवेश गरेको र १४० लाई आफ्नो कब्जा लिए ।

प्रहरीले आफ्नो बयानमा यी हतियारधारी अपहरणकारीले स्कूलको सुरक्षा गार्डलाई पनि बन्दी बनाएको जानकारी दिए र त्यसपछि उनीहरु बालबालिका भएका छात्रावासतर्फ अघि बढे । प्रहरीका अनुसार यी हमलाकर्ताले ठूलो संख्यामा बालबालिकालाई बन्दी बनाए र जंगलतर्फ अघि बढे । बयानमा एक महिला शिक्षकसमेत कूल २६ जनालाई बचाइएको बताइएको छ । एक स्थानीय इसाई नेताका अनुसार स्कूलमा १८० विद्यार्थी थिए जसमा २० जनाबारे मात्रै पत्ता लाग्न सकेको छ । उनीहरुका अनुसार यीमध्ये केही भागेका पनि हुनसक्छन् । एक स्थानीय सरकारी अधिकारीले अपहृत व्यक्ति र बालबालिकाको खोजीका लागि सेनाले आफ्नो प्रयास तेज गरेको छ । पछिल्लो डिसेम्बर महिनादेखि हालसम्म १ हजारको अपहरण भइसकेको छ र ९ जना मारिइसकेका छन् । २ सयभन्दा बढी विद्यार्थी अहिले पनि बेपत्ता छन् जसमध्ये केही तीन वर्षका मात्रै छन् । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com