Home समाचार ‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने पक्राउ

‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।  डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको  अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० वर्षीया सावित्री गुरुङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीहरुले गैरकानुनी रुपमा एटीएमबाट पैसा निकालेको सूचनामा आधारमा  महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको  विशेष टोलीले उनीहरुलाई भत्केको पुलबाट पक्राउ गरेको हो । उनीहरुले विदेशी डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल, हात्तीसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार निकालेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २१ लाख बरामद भएको छ भने १० लाख ५० हजार सहकारीमा राखेको बताएका छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com