Home समाचार प्रतिगमनलाई परास्त गर्छौँ, केपी ओलीले कुनै सपना नदेखे हुन्छः नारायणकाजी श्रेष्ठ

प्रतिगमनलाई परास्त गर्छौँ, केपी ओलीले कुनै सपना नदेखे हुन्छः नारायणकाजी श्रेष्ठ

by ईलालटिन
0 comment

काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिएका हुन् । उनले मुलुक प्रतिगमन र अग्रगमनको द्वन्द्व संघर्षबाट गुज्रिरहेको बताए । आफुहरुले एकपटक सरकारको प्रतिगामी कदमलाई असफल पार्न सफल भएपनि प्रतिगमन पूर्ण रुपमा सफल हुन नसकेका कारण प्रतिनिधिसभा दोश्रो पटक पनि विघटन भएको टिप्पणी गरे । उनले भने, “म चेतावनी दिन चाहन्छु । त्यो कहिल्यै पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्नेछौ । उनले राष्ट्रियसभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न अध्यक्षको ध्यानाकर्षण गराए ।

उनले सभामा आफूले आधा घण्टासम्म पनि बोलेको स्मरण गर्दै २० मिनेट बोल्न पाउनुपर्नेमा घटाएर १५ मिनेट बनाएबाट निरंकुशताको र प्रतिगमनको छिटा यही सदन भित्र पनि आउन थालेको महसुस भएको भन्दै त्यसतर्फ आपत्ती गराए । प्रधानमन्त्री ओली स्वार्थकेन्द्रित महत्वाकांक्षाका कारण संविधान र लोकतन्त्र मात्रै नभई पार्टी र  कम्युनिष्ट आन्दोलन पनि समाप्त पार्ने दिशामा अघि बढेको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे । प्रधानमन्त्री ओलीको स्वार्थ केन्द्रीत सत्तालिप्साले नेपालमा विदेशी हस्तक्षेप आमन्त्रण गर्ने स्थानमा पुराएको दाबी राष्ट्रियसभा सदस्य श्रेष्ठले गरे । प्रधानमन्त्री ओलीले विदेशीहरुसंग मिलेर संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको आरोप उउनले लगाए । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com