काठमाडौं । नेपाल खुला विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूले स्थायी पदपूर्तिका लागि खोलिएको विज्ञापन स्थगन गरेकोप्रति आपत्ति जनाएका छ । विश्वविद्यालय सिनेट सभाको २०७७ भदौ ९ गते को निर्णयका आधारमा विश्वविद्यालय कार्यकारी परिषदले २०७८ बैशाख २४ मा गरेको निर्णयबमोजिम विश्वविद्यालय सेवा आयोगद्वारा असार १५ मा शिक्षक तथा कर्मचारीहरूको स्थायी पदपूर्तिका निम्ति गोरखापत्र दैनिकमा खुला तथा आन्तरिक प्रतिष्पर्धामार्फत नियुक्तिका लागि विज्ञापन प्रकाशित गरेको थियो । विश्वविद्यालय सिनेट सभाको निर्णय विपरीत निमित्त उपकुलपति प्रा. डा. इन्द्रबहादुर कार्कीद्वारा उक्त विज्ञापन स्थगन गर्न ठाडो आदेश जारी गरेकोप्रति उनले आपत्ति जनाएका छन् । हाल सिर्जित समस्याको समधानका निमित्त उपकुलपतिसँग तीन पटकसम्म संवाद गर्दा पनि उपयुक्त निष्कर्ष निस्कन नसकेको शिक्षक तथा कर्मचारीहरुको भनाइ छ । तत्काललाई विश्वविद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा प्राविधिक कार्यहरू असार २५ सम्मलाई स्थगित गर्ने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू निर्णय गर्न बाध्य हुने उनीहरुको चेतावनी छ । राताेपाटी ।
नेपाल खुला विश्वविद्यालयमा विज्ञापन स्थगन गरेकोप्रति शिक्षक तथा कर्मचारीहरूले जनाए आपत्ति
90