Home समाचार पाँचथरको हिलिहाङ गाउँपालिकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन सुविधा बढायो

पाँचथरको हिलिहाङ गाउँपालिकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन सुविधा बढायो

by ईलालटिन
0 comment

पाँचथर ।  पाँचथरको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यक्रम ल्याएको छ ।कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको सुविधा बढाएको छ । गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरुको तलब एकैसाथ रु सात हजारका दरले वृद्धि गरेको छ । सामुदायिक स्वास्थ्य एकाइहरुमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक रु १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु २५ हजार पु¥याएको छ । यस्तै स्वास्थ्य संस्थाहरुमा करारमा कार्यरत कार्यालय सहयोगीहरुको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु १५ हजार पु¥याइएको छ । गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक रु २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ ।

हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रसंशा हुने गरेको छ । गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिँइदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि रु तीन लाख बजेट छुट्याएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्याइएको हो । हिलिहाङले आगामी वर्ष आवश्यकतानुसार वडाहरुमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिए । यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरुको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com