Home समाचार कोरोना संक्रमणबाट नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन

कोरोना संक्रमणबाट नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाको निधन

by ईलालटिन
0 comment

सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ। कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् । उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै ०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो । हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com