Home समाचार बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

by ईलालटिन
0 comment

मकवानपुर । मकवानपुरको मनहरीमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्वर–९ ज्यामिरेमा कुखुरा बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडातर्फबाट मनहरी तर्फ जाँदै गरेको प्रदेश ३–०१–००२४ च १४३० नम्वरको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । प्रहरी निरीक्षक दासका अनुसार, मृतक चालकको सनाखत भने हुन सकेको छैन । जीप सडकबाट करिब ७० मिटर तल राप्ती खोलामा खसेर दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको उनले बताए । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । उक्त दुर्घटनामा बाराको माहागढीमाई नगरपालिका वडा नम्वर–४ बस्ने केदारनाथ थारु गम्भीर घाइते भएका छन् । घाइते थारुलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालमा पठाइएको प्रहरीले जनएको छ । घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com