काठमाडौं । हङ्गकङले कोरोना भाइरसको डेल्टा भेरियन्टलाई आफ्नो देशमा फैलनबाट रोक्नका लागि ब्रिटेनबाट आउने सबै उडानमा रोक लगाएको छ ।ब्रिटेनमा डेल्टा भेरियन्टका संक्रमितको संख्या संसारका थुप्रै देशको तुलनामा निकै धेरै छ र यहाँ यसका संक्रमित तीब्र रुपमा बढिरहेका छन् । यो प्रतिबन्ध एक जुलाईदेखि लागू हुनेछ जसका कारण बेलायतबाट आउने सबै यात्रीको उडान प्रभावित हुनेछ । हङ्गकङले चीनसँग राजनीतिक गतिरोध जारी रहेकै बेला यो यात्रा प्रतिबन्ध लागू गरेको छ । यो प्रतिबन्धको अर्थ यो हो कि – यदि कुनै व्यक्तिले बेलायतमा दुई घण्टाभन्दा बढी समय बिताउँछन् भने उनलाई हङ्गकङका लागि कुनै पनि विमानस्थलबाट उडान भर्ने अनुमति दिइने छैन ।अधिकारीका अनुसार यो निर्णय बेलायतमा महामारीको हालै बढ्दै गरेको संक्रमण दरलाई ध्यानमा राखेर लिइएको हो । ब्रिटेनमा डेल्टा भेरियन्टको संक्रमण तीब्र रुपमा बढिरहेको छ जसका कारण चिन्ता बढेको छ ।
खोपको दर उच्च भएपनि पछिल्लो समयमा ब्रिटेनमा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । ब्रिटेनमा भेटिएका दैनिक संक्रमितको संख्या यूरोपको कुनै पनि देशभन्दा भिन्न छ । जति पनि नयाँ संक्रमित देखिएका छन् तीमध्ये धेरै डेल्टा भेरियन्टका संक्रमित छन् । डेल्टा भेरियन्टको पहिलो संक्रमित भारतमा पाइएको थियो ।हङ्गकङले यद्यपि, अघिल्लो हप्ता मात्रै आफ्नो देशमा डेल्टा भेरियन्टको पहिलो संक्रमित भेटिएको बताएको थियो । त्यसको १६ दिनसम्म त्यहाँ कुनै पनि संक्रमित देखिएका थिएनन् ।हङ्गकङ संसारको ती स्थानमध्ये एक हो जहाँ सन् २०२० पछि सबैभन्दा कडा प्रतिबन्ध लागू गरिएको थियो । यसैकारण हङ्गकङमा कोरोना संक्रमण संसारका थुप्रै हिस्साजस्तै अनियन्त्रित रहेन ।अधिकारीका अनुसार उनीहरुले हालै बेलायतबाट आउनेहरुमा डेल्टा भेरियन्टका संक्रमण भेटिएको छ । त्यसपछि उक्त यात्रामा समावेश सबै मानिसहरुलाई क्वारेन्टिनमा राखिएको थियो ।एक जुलाईदेखि वायु–सेवामाथि प्रतिबन्ध लागू हुनेछ । हङ्गकङबाट ब्रिटेन जाने उडान आगामी प्रतिबन्धबाट प्रभावित हुने छैन ।नेपाल, इन्डोनेशिया, भारत, पाकिस्तान र फिलिपिन्ससहित डेल्टा स्ट्रेनको बढ्दो मामिलाको विषयमा हङ्गकङले पहिले देखि नै अन्य देशसँगको उडानमाथि रोक लगाइसकेको छ । ब्रिटेनको सरकारले यो आदेशका कारण हङ्गकङका मानिसहरुको अधिकार र स्वतन्त्रतालाई प्रतिबन्ध गर्ने आरोप लगाएको छ । राताेपाटी ।