Home बुलेट न्युज कालीगण्डकी दोहन रोक्न फेसबुकमा फैलँदो ‘कालीगण्डकी बचाऔँ’ अभियान 

कालीगण्डकी दोहन रोक्न फेसबुकमा फैलँदो ‘कालीगण्डकी बचाऔँ’ अभियान 

by ईलालटिन
0 comment

पर्वत। धौलागिरिमा युवाहरूको समूहले सामाजिक सञ्जाल फेसबुक मार्फत ‘कालीगण्डकी बचाऔँ’ अभियानलाई आन्दोलनका रूपमा अघि बढाइरहेका छन् । पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका जागरूक युवाहरूले कालीगण्डकीको धार्मिक तथा ऐतिहासिक महत्त्वका विषय देखि कालीगण्डकी दोहनले पार्ने असरका बारेमा  रचनात्मक तरिकाबाट बुझाउने र सम्बन्धित निकायलाई दबाब सृजना गर्ने काममहरु गरिरहेका छन् ।

धौलागिरिका जिल्ला मध्ये सबैभन्दा बढी पर्वतमा कालीगण्डकी दोहन गर्ने काम तीव्र गतिमा भइरहेको । छ । यहाँका अधिकांश क्रसर उद्योगहरू मापदण्ड विपरीत सञ्चालित छन् । यसका सञ्चालकहरू सक्ता र शक्तिको आड लिएर  बर्षौ  देखि नदी दोहनमा सक्रिय छन् । त्यति मात्र होइन आफै पनि राजनीतिमा संलग्न रहेका छन् भने केही त स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिसम्म रहेका छन् । सक्ता र शक्तिले दरिएका क्रसर व्यवसायीहरूबाट कालीगण्डकी माथि चल्दै आएको रजगजमा धौलागिरिका युवाहरूले सुरु गरेको ‘कालीगण्डकी बचाऔँ’ अभियान चुनौतीपूर्ण देखिन्छ ।

जिल्लाको शह्रसधारा देखि वारि बेनीसम्म सडक नजिकै आधा दर्जन बढी क्रसर उद्योगहरूमा ठुलठुला मेसिनहरू राखेर सञ्चालित भइरहेका छन् । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ मा स्पष्ट रूपमै राजमार्गको दाहिने छेउबाट ५ सय मिटर दुरीको मापदण्ड कायम गरे पनि कुनै पनि क्रसर उद्योगले मापदण्ड अपनाएको भेटिनन् । यति मात्र होइन अन्य दुरी सम्बन्धी कुनै पनि मापदण्ड पुरा भएको देखिँदैन ।

अभियानकर्ता आरके अदिप्त गिरीले कालीगण्डकीमा हुने क्रूर दोहनका कारण नदी अनियन्त्रित र असन्तुलित भएको बताए । ‘नदी स्थिर बग्न, नदीको गर्त, आँत, (दायाँबायाँका किनारा आधार ढुङ्गा गिट्टी बालुवा, माटो, चट्टान आदि) बगरको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भने, ‘पछिल्ला दिनमा नदीमा हुने दोहनका कारण यी रक्षाकवचहरु अतिक्रमणको सिकार भएका छन्, फलतः यसकै परिणाम विभिन्न खालका अप्रिय समाचारहरू सुन्दै, पढ्दै र भोग्दै छौँ ।’

यस अभियानमा  विभिन्न पेसा र व्यवसायका   व्यक्तिहरू स्वतःस्फूर्त जोडिने क्रम बढिरहेको छ । उनीहरूले कालीगण्डकी नदी मात्र बग्ने नदी नभएर एउटा जीवित सभ्यता, संस्कृति र जीवन पद्धति भएको बताउँछन् । ‘कालीगण्डकी दोहन हाम्रो सभ्यतामाथिको दोहन हो, हाम्रा सन्ततिको गला निमोठ्नु हो ।’ भन्दै कालीगण्डकीको विभिन्न सन्देशमूलक तस्बिर सहित यस अभियानलाई युवाहरूले अघि बढाइरहेका छन् । अहिले सामाजिक सञ्जालबाट अभियानलाई अघि बढाए पनि देशको परिस्थित सामान्य हुने बित्तिकै सरोकारवाला निकाय, राजनैतिक दल, लगायत सँगको छलफल अघि बढाउँदै दोहनको निकास खोजिने अभियानकर्ता आरके अदिप्त गिरीले बताए । सँगै उनले कुनै पनि लोभ र स्वार्थमा यस अभियान नरोकिने भन्दै सबैलाई साथ दिन अपिल समेत गरे ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com