Home विश्व/प्रवास पर्वतका युवा विष्णुको नेदरल्याण्ड्स आइसिसीमा उम्मेदवारी

पर्वतका युवा विष्णुको नेदरल्याण्ड्स आइसिसीमा उम्मेदवारी

by ईलालटिन
0 comment

नेदरल्याण्ड ।अहिले विश्वका विभिन्न देशमा नेतृत्वकारी भूमिकामा रहेका नेपालीहरूका लागि विशेष समय बनी रहेको छ । यति बेला ग्रैह आवशीय नेपालीहरूको साझा सङ्गठन एनआरएनको चुनाव नजिकै गर्दा आफ्ना उम्मेदवारी घोषणा गर्ने देखि चुनावी माहौल निर्माण गर्ने सम्मका कार्यहरू अघि बढिरहेको छ । यही सिलसिलामा पर्वत सदरमुकाम कुस्मामा स्थायी घर भएका युवा विष्णु पोख्रेलले पनि नेदरल्याण्ड्स अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) मा उम्मेदवारी घोषणा गरेका छन् ।

एक दशक अघि रोजगारी गर्न नेदरल्याण्ड्स आइपुगेका पोख्रेल यहाँका विभिन्न सामाजिक गतिविधिहरूमा खुलेर लाग्ने गर्छन् । नेपालबाट भर्खर आउने विद्यार्थी देखि अन्य काममा नेदरल्याण्ड आइपुग्ने जो कोही नेपालीलाई पनि सहयोग गर्दै आएका छन् । राम्रो सामाजिक भूमिका प्रदर्शन गर्दै आएका पोख्रेलको लोकप्रियता नेपालमा समेत उतिकै रहेको छ ।

विद्यार्थी जीवन देखि नै राजनैतिक क्रियाकलाप समावेश बन्ने देखि सामाजिक कल्बहरुमा रहेर युवाका क्षेत्रमा धेरै कामहरू गरिसकेका छन् । उम्मेदवारी घोषणा गरेको पोख्रेल भन्छन्, ‘मेरो जित लगभग सुनिश्चित छ, यहाँका अग्रजहरूको आर्सीवाद, सल्लाह,सुझाव र युवा पङ्क्तिको साथले गर्दा नै उम्मेदवारीको घोषणा गर्ने आँट गरेको हुँ ।’

नेदरल्याण्डमा रहेका नेपालीहरूको हकहितमा खुलेरै काम गर्ने पोख्रेलले बताए । त्यति मात्र नभई नेपालमा भइरहेको अपठ्याराहरुमा आफूहरूले गर्न सक्ने भूमिकाका बारेमा पहिचान गरी नेपाली दाजुभाइहरूको दुखमा हातेमालो गर्ने उनको योजना रहेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com