Home कला सदाबहार गायक जोहेबको ‘जुनी भरलाई’ सार्वजनिक 

सदाबहार गायक जोहेबको ‘जुनी भरलाई’ सार्वजनिक 

by ईलालटिन
0 comment

सचिन्द्र श्रेष्ठ । पुराना एवं ख्यातिप्राप्त गायक जोहेब मानन्धरको नयाँ गीत जुनी भरलाईको लिरीकल अडियो भिडियो लक डाउनको समय पारेर सार्वजनिक भएको छ। अत्यन्त मीठो मेलोडी, शब्द र आवाजको सम्मिश्रण रहेको उक्त बोलको गीतलाई जोहेबकै आफ्नै युट्युब च्यानल डिजिटल प्लेटफर्म मार्फत विश्वव्यापी रूपमा आज सार्वजनिक भएको छ।

आफ्नै शब्द र आफ्ना दुई नयाँ गीतको भिडियोको काम हुँदै गर्दा लकडाउनले काम रोकेको बेला यो तेस्रो नयाँ गीतको अडियो मात्र सार्वजनिक गरेको मानन्धरले बताए ।अहिले यो लक डाउनको समय खासै केही साङ्गीतिक गतिविधि नभैरहन्दा आफ्ना श्रोताहरूले घरै बसेर पनि नयाँ गीतको आनन्द लिउन् भन्ने धारणाले यो गीत रिलिज गरेको बताए ।

हाल सम्मको आफ्ना अरू गीत भन्दा अलि पृथक् धारमा तयार गरिएको यो कम्पोज  आफैलाई पनि निकै मन परेको गीत हो भन्छन्, जोहेब । यसको पनि भिडियो बनाउने कुरा त छ, अब श्रोताहरुको प्रतिक्रिया कस्तो आउँछ त्यही अनुसार कदम चालने जोहेब बताउछन् ।

गायक जोहेब अहिले अरूको लागि सङ्गीत दिने र सिनेमा तिर पनि सङ्गीत दिन व्यस्त छन्।  सङ्गीतका साथै लेखनमा पनि सशक्त जोहेब ।म यस्तो गीत गाउन्छुू देखि सोनु निगम ले गाएको चर्चित गीत म भए पागल आदि उनकै शब्दका हुन।थुप्रै लेख कविताहरू लेखेका गायक चाडै नै आफ्नो लेखनमा एउटा आफ्नो कथा सङ्ग्रह निकाल्ने तयारी मा छन्।सम्भवतः यो लक डाउन पछि काम अघि बढ्ने छन्। अहिले लक डाउनमा यही लेख्ने काम पनि भइरहेको गायक जोहेब भन्छन्।

दुई दशक भन्दा बढी नेपाली साङ्गीतिक क्षेत्रमा जीवन अर्पण गरिसकेका चर्चित गायक जोहेब मानन्धरको आफ्नै आवाज,शब्द र सङ्गीत रहेको गीतलाई राहुल प्रधानले एरेन्ज गरेका छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com