पर्वत । केही वर्ष अघिसम्म लाल बहादुर रिमाल (हरिजन) लाई राजनैतिक पार्टीको कार्यक्रमहरूमा हिँड्नलाई भ्याइन भ्याइ थियो । अन्य नेतामा जस्तै आमसभा, भाषण, बक्तब्यबाजी, भेला जस्ता गतिविधि ज्यादा गर्न सकेमा त्यती नै राजनैतिक उचाइ बढ्छ भन्ने भ्रम यिनमा पनि थियो । लामो समय दलको झन्डा समाएर जिन्दाबाद, मुर्दावाद र लाल सलाम भन्दै आएका हरिजन यति बेला चाहिँ कुटो–कोदालो समाएर माटोमा पाखुरा बजारी रहेका भेटिन्छन् ।
पर्वत जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर २ अर्मादीमा २३ रोपनी जग्गा भाडामा लिएर ३ करोड बढी लगानीमा धौलागिरिमै पहिलो अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेर बनाइएको वधशाला सञ्चालन गरिएको छ । उनले नेपालमा केही वर्ष अघि मात्र भित्रिएको बायोफ्ल्क प्रविधियुक्त माछा पालन देखि सुपथ मूल्यको माछा, मासु पसल र तरकारी खेतीलाई पनि एकसाथ अघि बढाइरहेका छन् । हरिजनको नेतृत्वमा सुरु भएको यस व्यवसायमा अन्य तीन जना सेयर सदस्यहरू पनि रहेका छन् । प्रदेश सरकारको १ करोड रुपैयाँ अनुदान रहेको छ भने अन्य बाँकी रकम चाहिँ सेयर सदस्य आफैले लगानी गरेका हुन् ।
अन्य कुरा (भिडियो) सहित ।
