Home बुलेट न्युज पूर्व सांसद गिरीले प्रधानमन्त्री विरुद्धको स्टायट्स शेयर गरे लगत्तै आखिर किन हटाए ?

पूर्व सांसद गिरीले प्रधानमन्त्री विरुद्धको स्टायट्स शेयर गरे लगत्तै आखिर किन हटाए ?

by ईलालटिन
0 comment

पर्वत । प्रधानमन्त्री खड्ग प्रसाद ओलीले शुक्रवार (हिजो) जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो लगायतका नेताहरूलाई मन्त्री पदको शपथ ग्रहण गराए । अन्य नवनियुक्त मन्त्रीहरूको विषयमा खासै टिका टिप्पणी नभए पनि उपप्रधानमन्त्री बनेका महतो प्रधानमन्त्री ओली सरकारको सारथि भएको देख्दा अरू त परै जाउन् उनकै कार्यकताहरुलाई समेत निको लागेको छैन ।

ओली समूहका कार्यकर्ता उपप्रधानमन्त्री महतोलाई सरकारमा ल्याउने कदमका विरुद्ध चर्केर आवाज नउठाए पनि सामाजिक सञ्जाल फेसबुक मार्फत थोरैले भए पनि असन्तुष्टि चाहिँ पोखिरहेका छन् । यही समर्थन र विरोध चलिरहँदा आज बिहान विघटित प्रतिनिधि सभाका सांसद पदम गिरीले अशोक रावल नामक फेसबुकमा लेखिएको एउटा स्टायटस सेयर गरे । त्यसपछि उनको निर्वाचित जिल्ला पर्वतमा खैलाबैला नै मच्चियो । केही मिनेटमै सेयर गरेको स्टायट्समा प्रतिक्रियाहरूका ओइरो लाग्न थाल्यो । धेरैलाई अचम्मित बनायो । प्रधानमन्त्री ओलीका खास मान्छेले नै यसरी ओलीका विरुद्ध लेखिएको स्टायट्स सेयर गरेपछि बजारमा विभिन्न अड्कलबाजीहरू सुरु भए । उनका समर्थकहरूले पूर्व सांसद गिरीको नक्कली फेसबुक अकाउन्ट भन्ने देखि फेसबुक ह्याकसम्म भयो भन्न भ्याए । उनका विरोधीहरूले चाहिँ मन्त्री नपाएको झोँकमा गुट बद्लेछन् सम्म भने ।

पूर्व सांसद गिरीले सेयर गरेको केही मिनेटमै स्टायट्स डिलेट गरेको भए पनि सामाजिक सञ्जालमा उनलाई विभिन्न खालका प्रश्नहरू आइ नै रहे । अझ भनौँ उनी माथि व्यङ्ग्य गर्न सुरु भयो । यस बेलासम्म पनि उनका समर्थकहरूले गिरीको फेसबुक आइडी सक्कलीबाट नभई अरू कसैले नक्कली आइडीबाट चरित्र हत्या गर्न लागि परेका बताउँदै थिए । तर, स्वयं गिरीले नै केही समयको अन्तरालमा स्टायट्स लखेरअसावधानीवश अर्कैको स्टायट्स सेयर हुन गएको जानकारी गराए । ‘मेरो फेसबुक वालबाट असावधानीवश सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूप्रति लाञ्छित भ्रमपूर्ण कुरा शेयर हुन पुगेको र जानकारी हुनसाथ ४ मिनेट भित्र हटाइको छ,’ उनले भनेको छन्, ‘कहीँ कतैबाट नियोजित रूपमा भ्रम पार्ने प्रयास भएमा भ्रममा नपर्नु हुन अनुरोध गर्दछु ।’

आखिर के थियो त, पूर्व सांसद गिरीले सेयर गरेको स्टायट्स ? अशोक रावलले भर्खर नियुक्ति भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले संविधान जलाइरहेको तस्बिर सहित स्टायट्स लेखेर पोष्ट गरेका थिए । लेखिएको थियो, ‘यो सरकार भनेको नेपालको माना खाएर भारतको गाना गाउनेहरूको समूह मात्र हो । तिमीहरूको ‘बा’ भारतीय सरकारबाट परिचालित खुफिया एजेन्सीको एजेन्ट हुन् भन्ने कुरा त बुझेऊ होला नि हैन ? कि अझै पनि ‘बा’ मा राष्ट्रियता देखिराछौ ।’

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com