Home बुलेट न्युज कुस्मामा रेल स्टेसन कहाँ बन्ने भएछ ? नेता अर्जुन जोशी

कुस्मामा रेल स्टेसन कहाँ बन्ने भएछ ? नेता अर्जुन जोशी

by ईलालटिन
0 comments

पर्वत । अहिले नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण सुनाइरहेका छन् ।सरकारको बजेटलाई लिएर विभिन्न खालका टीकाटिप्पणीहरू सुरु भइरहेका छन् ।

कसैले विगतका सरकारको भन्दा ज्यादा जनमुखी भनिरहेका छन् भने कतिले कानलाई सुन्नको लागि मात्र राम्रो भएको तर महसुस गर्न नसकिने खलको बजेट भएको बताइरहेका छन् ।

यता नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले चाहिँ पर्वतमा बन्ने भनिएको रेलको स्टेसनका बारेमा चिन्ता व्यक्त गरिरहेका छन् ।

गएको चुनावी अभियानमा आफ्ना उम्मेदवार पदम गिरीलाई भोट माग्न प्रधानमन्त्री केपी शर्मा ओली सदरमुकाम कुस्मा आएका थिए ।

कार्यकर्ताको भिड्लाई चुनावी सम्बोधन गरेका वलीले अबको तीन वर्षभित्र रेल आउने बताएका थिए ।

‘केरुङ–काठमाडौँ, काठमाडौँ–पोखरा रेल’, वलीले भने, ‘पोखरा सम्म रेल आएपछि बेनी सम्म रेलका लागि त केही भन्नुपर्दैन होला, बेनी रेल जाने भएपछि त्यसको स्टेसन कुस्मा रहने छ, कुस्मा त स्टेसन नै हुन्छ ।’

यही भाषणलाई लिएर केन्द्रीय सदस्य जोशीले आफ्नो फेसबुक मार्फत आफूले बजेट भाषण सुन्न नपाएको भन्दै रेलको स्टेसन कहाँ बन्ने भएछ भन्दै ठट्यौली पारामा व्यङ्ग्य गरेका हुन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com