पर्वत । गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा पर्वतका सांसद विकास लम्साल पुनः नियुक्त भएका छन् । लम्साल पर्वत क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ बाट निर्वाचित सांसद हुन् ।
लम्साल सहित नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रदेश प्रमुख सिता कुमारी पौडेलको निवासमा केही बेरमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजै मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएका छन् । मन्त्रीहरूलाई पुरानै जिम्मेवारी दिएर शपथ खुवाउने तयारी गरिएको छ ।
अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङले नियुक्ति पाएका छन् ।
