Home none घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला

by ईलालटिन
0 comment

विराटनगर । मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज  बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिए । ‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उनले भने, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन । इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com