Home Vlog श्री गणेशाय नम,‘लुट्न सके लुट् कान्छा’

श्री गणेशाय नम,‘लुट्न सके लुट् कान्छा’

by ईलालटिन
0 comment

‘लुट्न सके लुट् कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो, छुट् ।’ पर्वतका ज्वाइँ चर्चित लोक गायक पशुपति शर्माको यस गीतले शासन सत्तामा बसेर शासकहरूले कसरी लुटको धन्दा चलाउँछन् भन्ने विषयको उठान गरेका छन् । यही गीत प्रधानमन्त्री खड्क प्रसाद ओली र तिनका झुन्डहरूलाई मर्नुपर्ने कुरै भएन । र, त ब्यान्ड नै गरिएको थियो ।

यो त थियो, पर्वतका ज्वाइँले शासन सत्तामा रजाँई गर्नेहरूका बारेमा देखाई दिएको खुला दृश्य । अब केही छिन ज्वाइँलाई छाडेर पर्वतको छोरालाई लिएर कुरा गरौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पर्वतको माटोमा जन्मे, हुर्के, यहीँको पानी खाए र राजनीतिक सुरुवात गरे । वडा अध्यक्ष हुँदै जिविस सभापति बनेका उनी प्रतिनिधि सभाको निर्वाचन सम्म लडे । तर,काँग्रेसका अर्जुन प्रसाद जोशी सँग पराजित भए ।

पुरै परिवार सहित पोखरामा बस्दै आएको तिमिल्सिना चुनावको बेला मात्र जिल्ला छिर्ने गरेको भन्दै उनको विरोध समेत हुने गर्थ्यो । पोखरामै परिवारसँग रमाउँदै गरेका उनलाई प्रधानमन्त्रीले हात दिए र राष्ट्रिय सभामा मात्र पु¥याएनन् सभाको अध्यक्ष नै बनाए । लगभग जिल्लाको राजनीतिबाट बिलाइसकेका तिमिल्सिना आजका दिनसम्म चम्किरहेका छन् । र, त जिल्लाका सहयोद्धाहरू जुत्ता बोकेर खुट्टैसम्म पु¥याइदिन्छन् । चाकडीको पराकाष्ठा ।

तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष बन्दै गर्दा पर्वतको गौरव बढेको थियो । राज्यको नजरमा पर्वतले पहिचान हुने मौका पाउँदै थियो । तर, भइदियो यस्तो,‘चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना ।’ प्रमाण सहित समाचारहरू जनताका हात हातमा पुगेको दिनदेखि पर्वतेलीहरुको गौरव मोदी खोलामा मिसियो । सामान्य आफ्ना कर्मचारीको तलब त्यसरी झ्वाम्म नपारेको भए पनि हुने हो क्यारे । खैर, खाने मुखलाई जुँगाले कहाँ छेक छ र ? हैन त ।

पुराना कुराहरू अब धेरै नगरौँ । पर्वतका जनताहरूले बुझिसकेका छन् । ‘कर्मचारीको तलब झ्वाम्म’, काण्डको पहिलो लहर सकिएको केही वर्ष पछि,‘आफ्नै सहोदर भाइ काण्ड’ को दोस्रो लहर पर्वतमा छिरेछ । अहिले जिल्लामा कोरोना र तिमिल्सिना कै चर्चा छ । स्पेनका एनआरएन पुष्पराज तिमिल्सिनालाई संवैधानिक निकायका रूपमा रहेको समावेशी आयोगको सदस्यमा सहोदर दाइ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सिफारिस गरेका छन् । तिमिल्सिना संवैधानिक परिषद्का सदस्य पनि हुन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएको भन्दै चौतर्फी विरोध सुरु भएको छ ।

पर्वतका लागि तिमिल्सिनाले धेरै कामहरू गरेका छन् । त्यो सह्रानीय कुरा हो । जिल्लाको भौतिक विकासमा पछिल्ला समय भइरहेको काममा तिमिल्सिनाको साथ र सहयोग रहेको कुरा नकार्न सकिँदैन । यो फरक विषय भएकाले यसका बारेमा फरक दिनै चर्चा गरौँला । अहिले हामी छौँ, ‘श्री गणेशाय नमः’को अन्त्य तर्फ । जाँदाजाँदै अरू, धेरै, त, भन्न के सकिएला र, उही पर्वते ज्वाइँको गीत, त, हो, ‘लुट्न सके लुट् कान्छा, अरू देशमा पाइँदैन नेपालमै हो, छुट् ।’

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com