Home बुलेट न्युज कुस्मा नगरपालिकाले कोरोना बिरामीलाई अस्पताल पु-याउन जिप उपलब्ध गराउने 

कुस्मा नगरपालिकाले कोरोना बिरामीलाई अस्पताल पु-याउन जिप उपलब्ध गराउने 

by ईलालटिन
0 comment

पर्वत ।  जिल्लाको कुस्मा नगरपालिका र जलजला गाउँपालिकामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । यहाँका पालिका प्रमुखहरूले कोरोना सङ्क्रमण थप फैलन नदिन र कोरोना बिरामीलाई सहज उपचार गराउन प्रयासरत देखिन्छन् ।

कुस्मा नगरपालिकाले वडाहरूमा पिसिआर जाँचलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । लक्षण देखिँदा पनि कोरोना टेस्ट गर्न मानिसहरू डराइरहेको अवस्थामा नगर प्रमुख स्वयं वडाहरूमा पुगेर पिसिआर चेकजाँचका लागि अनुरोध गर्नुका साथै उनीहरूमा आत्मविश्वास भर्ने काम गरिरहेका छन् ।

कोरोना सङ्क्रमितहरू अस्पताल जानै पर्ने स्थित आएमा कुस्मा नगरपालिकाको जिप प्रयोग गर्न सकिने कुरा नगर प्रमुख जोशीले बताएका छन् । आज नगरपालिकाले सूचना प्रकाशित गर्दै भनेको छ,‘कोभिड.१९ का बिरामीलाई उच्च ज्वरो वा श्वासप्रश्वासमा समस्या आएमा पर्वत अस्पतालसम्म पुग्नका लागि नगरपालिकाको ग १ ज ७५८१ नम्बरको जिप व्यवस्था गरिएको छ ।’ यसअघि जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ला(रामकृष्ण) र उपाध्यक्ष सीमा पुनले आफूले चढ्ने गाडी बिरामीको सेवामा लगाउने बताइसकेका छन् ।

सूचनामा कोरोना बिरामीलाई पर्वत अस्पताल लानुपर्ने अवस्था आएमा सम्पर्क गर्न भन्दै नगरपालिका कार्यरत कर्मचारीहरूको नाम र सम्पर्क नम्बर दिइएको छ ।  ध्रुवराज पौडेल (अधिकृत सातौँ) ९८५७६२०१४१, उमाकान्त सापकोटा (स्वास्थ्य शखा प्रमुख) ९७५६७००२१२, याम प्रसाद शर्मा (सी.अ.हे.व अधिकृत) ९८५७६२३५०३, पुष्कल शर्मा ९८५६०३२०७२ र चालक सुशील परियार ९८४८८१३८२९ मा सम्पर्क गर्न भनिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com