Home समाचार माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

by ईलालटिन
0 comment

काठमाडौं  । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । श्रेष्ठले स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय र स्वास्थ्य सेवा विभागको सहकार्यमा ५०० थान सर्जिकल मास्क, २०० थान पिपिइ सेट, ३०० जोर ग्लोब्स, ३५ लिटर स्यानीटाइजर, एन्टीजेन किट १०० पिस, एन ९५  मास्क ५० पिस, फेस सिल्ड ५०  पिस र भेन्टुरी मास्क ५ पिस उपलब्ध गराएका हुन् । केहीदिन अघि मात्र अस्पतालको निरीक्षण गरेका श्रेष्ठले अस्पतालको माग अनुसार तत्कालका लागि उक्त परिमाणको सामग्री उपलब्ध गराएको बताएका छन् । एन्टिजेन किट लगायतका सामग्री सकिएर दैनिक काममा समस्या परेका बेला सामग्री प्राप्त भएकाले बिरामीको सेवामा सहयोग पुगेको अस्पतालले जनाएको छ । यसैगरी श्रेष्ठको पहलमा उनको सचिवालय अन्तर्गत रहनेगरी गठित कोभिड–१९ भोलेन्टियर सर्भिसले आम नागरिकको सेवामा सहयोग पुर्याउनका लागि काठमाडौंमा एक निःशुल्क गाडीको व्यवस्थापन गरेको छ। कोभिड भई उपचारको लागि हस्पिटल  जान नसकेका तथा उपचारपश्चात् घर फर्कने विरामीका लागि गाडीको व्यवस्थापन गरिएको सर्भिसका संयोजक इन्द्रराज भट्टराईले बताए। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com