Home कला भारतका सिनेमा घरमा प्रदर्शन हुन पाएन ‘वीर विक्रम २’

भारतका सिनेमा घरमा प्रदर्शन हुन पाएन ‘वीर विक्रम २’

by ईलालटिन
0 comment
पर्वत । निर्देशक मिल्न चाम्सको कुरा पत्याउने हो, भने नेपाली चलचित्र ‘वीर विक्रम २’ भारतीय सिनेमा घरहरूमा प्रदर्शन हुने तयारीमा थियो । हिन्दी भाषामा चलचित्रको संवाद स्वरांकन गरिवरी तयारी अवस्थामा बसेका निर्देशक मिलन चाम्स अब भने भारतीय युट्युब च्यानलबाट आफ्नो चलचित्र प्रदर्शन गर्ने भएका छन् ।

दोस्रो लहरको कोरोना आउन अगावै भारतमा गएर गर्नुपर्ने तयारी सबै सकेर हलहरूमा प्रदर्शन गर्ने अन्तिम समयमा कोरोनाले पुरै भारतलाई पीडामा ढकालेपछि निर्देशक चाम्सले हिन्दीमा स्वरांकन गरेको आफ्नो चलचित्र चलाउन भारतकै युट्युब च्यानललाई रोजेका हुन् ।

सामाजिक सञ्जाल फेस्बूक मार्फत अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पल साहबिचको संवाद हिन्दीमा स्वरांकन भएको दृश्य शेयर गर्दै निर्देशक चाम्सले लेखेका छन् ‘हामीले चलचित्र हलमा नै प्रदर्शन गर्ने गरी चलचित्रको हिन्दी डबिङ गरेका थियौँ । तर, कोरोनाले भारतका चलचित्र हल अनिश्चित कालका लागि बन्द भएका छन् । अब युट्युबमै फिल्म रिलिज गर्दैछौं । चलचित्रको हिन्दी डब निकै राम्रो भएको छ ।’

चलचित्रको कार्यकारी निर्माता अर्पण सापकोटा हुन् भने रन्जिता सिवाकोटी यसकी सह–निर्मात्री हुन् । प्रदीप भारद्धाजको कथा  लेख्न रहेको चलचित्रमा बनिष शाहको सम्पादन, सुदिप बरालको छायाङ्कन, हिमाल केसीको एक्सन छ ।  नेपालका सिनेमा घरहरूमा औसत चलेको यस चलचित्र युट्युबमा पनि सार्वजनिक भैसकेको छ ।

अब हिन्दी भाषामा भारतीय युट्युब च्यानलबाट प्रदर्शन हुन लागेको यस चलचित्रलाई भारतीय दर्शकले कस्तो प्रतिक्रिया दिने हुन् त्यो त पछि नै थाहा होला । अहिलेलाई भने हाम्रो तर्फबाट निर्देशक चाम्स र सम्पूर्ण चलचित्र टिमलाई सफलताको शुभकामना ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com