Home समाचार पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

पूर्वीनाकामा भारतीयको अनावश्यक आगमनमा रोक

by ईलालटिन
0 comment

झापा ।  नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ ।भारतमा कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढिरहेको हुँदा नेपालमा नभित्रियोस् भनेर पूर्वसतर्कता अपनाउँदै पूर्वको प्रमुख स्थलनाका काँकडभिट्टामा मङ्गलबारदेखि भारतीय नागरिकको अनावश्यक प्रवेशलाई रोकिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।पछिल्लो समय दैनिक ७०० भन्दा बढी पूर्वीनाकामार्फत नेपाल प्रवेश गर्ने र एक हजारको हाराहारीमा नेपालबाट भारत जाने गरेका छन् । मङ्गलबार भारतबाट ६२३ नेपाली स्वदेश फर्केका छन् भने अतिआवश्यक कामका लागि पिसिआर रिपोर्टसहित २६ भारतीय नागरिकसमेत नेपाल आएको उनले बताए । “अतिआवश्यक कामबाहेक नेपाल आउन चाहने भारतीय नागरिकलाई नाकामै रोकेका छौँ”, थापाले नाकामा गरिएको थप कडाइबारे जानकारी दिँदै भने, “भारतमा कोरोना भाइरसको सङ्क्रमणदर बढेको हुँदा बाध्य भएर नेपालको हितमा यस्तो कदम चाल्नुपरेको हो ।”

भारतमा बसेर रोजगारी गर्ने, काम विशेषले भ्रमण गर्ने र अध्ययनका लागि गएका नेपाली भने धमाधम नेपाल फर्किरहेका छन् । सीमामा उनीहरुलाई पिसिआर रिपोर्ट हेरेर नेपाल भित्रिन दिइएको छ । नेपालमा बसेर काम गरिरहेका मजदुरको ठूलो सङ्ख्या हाल भारत फर्किरहेको छ । उनीहरूलाई परिचयपत्रका आधारमा भारत जान दिइएको छ । सीमावर्ती शहरमा आँखाको उपचार गर्न र ज्यालादारी काम गर्न दैनिक सयौँको सङ्ख्यामा भारतीय नागरिक नेपाल आउने गरेका छन् । सीमामा होल्डिङ सेन्टरको व्यवस्थापन भइनसकेको र जाँचसमेत भरपर्दो नभएको अवस्थामा भारतीय नागरिकको खुलाजस्तै आगमनले कोभिड–१९ को सङ्क्रमण फैलिने त्रास डर थियो तर अब आगमनमा रोक लगाइएपछि त्रास न्यूनीकरण भएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com