Home समाचार सुनसरीमा बल्ल आइसोलेसन सेन्टर बनाउने तयारी

सुनसरीमा बल्ल आइसोलेसन सेन्टर बनाउने तयारी

by ईलालटिन
0 comment

सुनसरी । कोरोना सङ्क्रमण दैनिक रूपमा वृद्धि हुँदै गएपछि सुनसरीका सबै स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने तयारी थालेका छन् । दुई दिनभित्र निर्माण गरिसक्ने योजनासहित स्थानीय तह काममा जुटेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको संयोजकत्वमा सोमबार बसेको डीसीसीएमसीको बैठकले तीन दिनभित्र सबै स्थानीय तहले आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय गरेको हो ।सोही निर्णयअनुसार आइसोलेसन निर्माणको काम सुरु भएको जानकारी दिइएको छ ।सोही बैठकले सङ्क्रमणको विकराल स्थिति आउन नदिन जिल्लाका सम्पूर्ण सरकारी तथा निजी विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र आदि मङ्गलबारदेखि पूर्णरूपमा बन्द गराउने निर्णय गरेको प्रजिअ ढकालले जानकारी दिए ।उनले  सङ्क्रमणको जोखिम कम गर्न जिल्लामा रहेका ठूला उद्योग तथा कारखानाले आफ्ना कामदार तथा कर्मचारीहरुलाई कम्तिमा १० प्रतिशतको सङ्ख्या रहन सक्ने अनिवार्य क्वारेन्टिन वा आइसोलेसन कक्ष स्थापना गर्नुपर्ने बताएका छन् । त्यसको अनुगमन स्थानीय प्रहरीले गर्ने छ ।

यसैगरी जिल्लामा सञ्चालनमा रहेको अक्सिजन उद्योगहरुको उत्पादन, बिक्री र माग एवं आपूर्तिको स्थितिबारे जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्ने र नजिकमा रहेका नेपाल प्रहरीका युनिटहरुले नियमित रिपोर्टिङ गर्ने निर्णयसमेत बैठकले गरेको छ ।जिल्लाभित्रका सरकारी, गैरसरकारी, वित्तीय संस्था, बैङ्क आदिमा भिडभाड हुन नदिन दूरी निर्धारण, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाका साथै सर्वसाधारणलाई मर्का नपर्ने गरी आलोपालो सेवा उपलब्ध गराउने व्यवस्था गर्ने पनि निर्णय भएको छ । प्रजिअ ढकालले सार्वजनिक यातायात, मुख्य बजार तथा राजमार्गमा अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत संयोजक रहेको अनुगमन समिति गठन गरेर तत्काल काम प्रारम्भ गर्ने पनि निर्णय भएको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com