Home समाचार अश्वेतमाथि महिला अधिकारीले चलाएको गोली नियतवश नभई गल्ती थियो : अमेरिकी प्रहरी प्रमुख

अश्वेतमाथि महिला अधिकारीले चलाएको गोली नियतवश नभई गल्ती थियो : अमेरिकी प्रहरी प्रमुख

by ईलालटिन
0 comment

काठमाडौं । मिनेसोटाको ब्रुकलिन सेन्टर नामको अमेरिकाको एक शहरमा अश्वेत व्यक्तिमाथि चलेको प्रहरीको गोली नियतवश नभई गल्तीपूर्वक भएको प्रहरी प्रमुखले बताएका छन् । २० वर्षका डन्टे राइटमाथि ‘टेजर गन’ प्रयोग गर्न लागेका बेला गल्तीपूर्वक वास्तविक बन्दुक हातमा परेको प्रहरी प्रमुख टिम ग्याननले पत्रकारलाई भने । बन्दुक हान्ने प्रहरी अधिकारीको नाम किम पोटर बताइएको छ, उनले ब्रुकलिन सेन्टर प्रहरीमा २६ वर्ष काम गरेकी छिन् । राइटको मृत्युपश्चात् विरोध प्रदर्शन चर्किएको छ , साथै करफ्यूको पनि घोषणा भएको छ । सोमबार अबेर राती, प्रदर्शनकारी कर्फ्यूको अवज्ञा गर्दे दोस्रोपटक ब्रुकलिन सेन्टर प्रहरी हेडक्वार्टसमा भेला भए । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले फ्याँकेको टियर ग्यास र बेहोस पारिदिने ग्रेनेडको जवाफमा प्रदर्शनकारीले आगोका गोला र बोतल फ्याँकेका थिए । डन्टे राइटलाई आइतबार ट्राफिक नियम मिचेको आरोपमा पक्राउ गरिएको थियो । उनी आफ्नो कारमा बस्न लागेका बेला संघर्ष भएको थियो । सोमबार  बिहान  आयोजित एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख ग्याननले एउटा भिडियो सार्वजनिक गरे । उक्त भिडियो महिला प्रहरी अधिकारीले लगाएको बडी क्यामराको थियो ।

त्यसपछि ती महिला अधिकारीले ‘टेजर, टेजर, टेजर’ भनेको सुन्न सकिन्छ । टेजर गन कसैलाई विद्युतीय झट्का प्रदान गर्नका लागि दिइन्छ । त्यसपछि राइटलाई आफ्नो कार भित्र प्रवेश गरेको देख्न सकिन्छ । त्यस लगत्तै ती महिला अधिकारीले भन्छिन्, ‘मैले भर्खरै उनलाई गोली हाने ।’गम्भीर रुपमा घाइते राइटको गाडी केही पर दुर्घटना भयो ।‘मलाई के लाग्छ भने ती अधिकारीले टेजर हान्न खोज्दा गल्तीपूर्वक बुलेट लागेको हो,’ प्रमुख ग्याननले भने । ‘पीडा कम गर्नका लागि मैले योभन्दा बढी केही भन्न सक्दिनँ ।’ती महिला अधिकारीलाई प्रशासनिक बिदामा राखिएको छ । उक्त पत्रकार सम्मेलनमा ब्रुकलिन सेन्टरका मेयर माइक एलियटले डन्टे राइटलाई न्याय दिनका लागि आफूले जे पनि गर्ने बताएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com