Home समाचार करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु

करेन्ट लागेर एकै परिवारका दुईको मृत्यु

by ईलालटिन
0 comment

मकवानपुर । हेटौंडामा करेन्ट लागेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ शान्तिचोकमा घरको बिजुलीको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर एक दम्पत्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षका समिर पाख्रिन र उनको श्रीमती ३० वर्षकी अन्शु पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । बिजुलीको पोलबाट घरको मिटर बक्समा लागेको तार भुईंमा लत्रिएको र उक्त तारलाई व्यवस्थापन गर्न फलामको डन्डिले उठाउने क्रममा थ्री फेस लाइनमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका दुबैजनाको उपचारको क्रममा सोमबार बिहान ९ः१६ बजेको समयमा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता रिमालले बताए । शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटी ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com