Home विशेष शुरु भयो काठमाडौंमा मेलम्चीको पानी वितरण, घरकै धारामा पानी आएपछि स्थानीयमा यस्तो खुसी

शुरु भयो काठमाडौंमा मेलम्चीको पानी वितरण, घरकै धारामा पानी आएपछि स्थानीयमा यस्तो खुसी

by ईलालटिन
0 comment

काठमाडौं । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी धारामा पठाउन शुरु गरेको छ। केयूकेएलले परीक्षणका रुपमा पुरानै प्रणालीबाट आजदेखि पानी वितरण गरेको हो ।

सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित चार वटा ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी पठाइएको छ । त्यो पानी काठमाडौंका केही घरमा पुगेको मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ।

मेलम्चीको पानी आज काठमाडौंको जयबागेश्वर, चाबहिल, बत्तीस पुतली, देवकोटा सडक, कालोपुल, एयरपोर्ट हाइट लगायतका ठाउँका बासिन्दाको घरघर पुगेको छ । मेलम्चीको पानी पाएपछि काठमाडौंका बासिन्दा खुसी छन् ।

खुमलटार, मीनभवन, महांकाल र अनामनगरका ट्यांकी भरिएपछि यी ट्यांकीबाट पनि पानी वितरण गरिने छ । दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी छ ।

यस्तै चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर त्यसबाट पनि पानी वितरण हुनेछ। चौथो चरणमा कीर्तिपुर, थिमी र भक्तपुरका पोखरीमा पानी विरतण गरिने छ ।

उपलब्ध हुने पानीको आधारमा तालिका तयार गरी उपत्यकाको चक्रपथभित्रका सबै घरमा, चक्रपथ आसपास र बाहिरका केही घरमा सकभर दैनिक र नभए दिन बिराएर पानी वितरण गरिने लिमिटेडले जनाएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com