Home समाचार म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि सेनाले चलायो गोली

म्यानमारमा अन्तिम संस्कार गरिरहेकाहरूमाथि पनि सेनाले चलायो गोली

by ईलालटिन
0 comment

नेपिदअ । म्यानमारको सेना नागरिकविरूद्ध दिनप्रतिदिन झनै क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ।समाचार संस्था रोयटर्सका अनुसार  आर्थिक राजधानी यंगुननजिकैको  बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएका हुन्।सुरक्षाकर्मीको गोली लागेर हताहती भए/नभएकोबारे भने खुलिसकेको छैन।हामीले उनका लागि क्रान्तिकारी गीत गाइरहेका बेला सुरक्षाकर्मी आए र गोली चलाए,’ अन्तिम संस्कारमा सहभागी एक महिलाले भनिन्,‘गोली चल्न थालेपछि हामी भाग्यौं।शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए। छुट्टै घटनामा आइतबार सेनाको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com