Home विशेष पर्वतमा कोरोनाको त्रास‚ भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

पर्वतमा कोरोनाको त्रास‚ भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

by ईलालटिन
0 comment

पर्वत । छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो।

भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट पर्वतवासीहरूलाई सुरक्षित राख्न कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन्।

प्रशासनले होली पर्व मनाउने क्रममा भीडभाड नगर्न‚ मास्क लगाउन‚ साबुन पानीले बेलाबेलामा हात धुन‚ स्यानिटाइजर प्रयोग गर्न‚ सामाजिक दूरी कायम गर्न‚ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न‚ जमघट‚ बाक्लो उपस्थितिमा मेला महोत्सव‚ सभा नगर्न‚ होटेल तथा रेष्टुरेष्ट राति ९ बजेपछि बन्द गर्न‚ मदिराजन्य पदार्थ बेचबिखन बेलुकी ८ बजेदेखि बन्द गर्न भनिएको छ।

फागु पूर्णिमाकै अवसरमा जिल्लाका विभिन्न ठाउँमा महँगो पैसा तिरेर कलाकारहरू बोलाएर सांगीतिक कार्यक्रमहरू आयोजना गरिएका छन्। प्रशासनले निकालेको सूचनाले अलमल बनाएको र कलाकारहरूलाई दिएको अग्रिम भुक्तानी डुब्न सक्नेमा आयोजक संस्थाले प्रश्न उठाएका छन्। यता प्रजिअ पाण्डेले मेला महोत्सव बन्दै गर्नुपर्छ नभनिएको तर गर्नका लागि प्रोत्साहन नगरिएको बताइन्। कार्यक्रम गर्नेहरूले सुरक्षा सतर्कताका सबै मापदण्डहरू पालना गर्नुपर्ने उनको भनाइ छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com