जनकपुर । जनकपुरधामको एक होटलमा महिलाको शव फेला परेको छ । रामानन्द चोकस्थित सर्लाही होटेल एण्ड गेष्ट हाउसमा दुई दिनदेखि श्रीमानसँगै बस्दै आएकी महिला मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार म्याग्दीको साविक बिम गाविस बस्ने ३० वर्षीया सिर्जना सुनार श्रीपालीका रुपमा मृतकको सनाखत भएको छ । उनी यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै म्याग्दीबाट जनकपुरधाम आएकी थिइन् ।श्रीपालीको शव होटलको छेउमै रहेको खानेपानी संस्थानको कम्पाउण्डमा आधा शरीर पानीमा र आधा बाहिर रहेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ । मृतकका पति विश्वास श्रीपालीले होटलको पाँचौं तलाबाट खसेर सिर्जनाको मृत्यु भएको बताएका छन् । विश्वासले आफू ११ दिन अघिमात्र विदेशबाट गाउँ फर्केको प्रहरीसमक्ष बयान दिएका छन् । सिर्जनाको हत्या वा आत्महत्या भन्नेबारे अनुसन्धान भइरहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जनाए । रातोपाटी ।
श्रीमानसँगै होटलमा बसेकी महिलाको शव फेला
78