Home समाचार सेप्टेम्बरदेखि नेपालीका हातमा इ-पासपोर्ट, विभागले भन्यो- अत्यावश्यक नपरी अहिले नबनाउनू

सेप्टेम्बरदेखि नेपालीका हातमा इ-पासपोर्ट, विभागले भन्यो- अत्यावश्यक नपरी अहिले नबनाउनू

by ईलालटिन
0 comment

काठमाडौं । आउने सेप्टेम्बरदेखि सरकारले इ-पासपोर्ट दिने भएको छ। राहदानी विभागले इ-पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न भनेको छ।विभागका प्रवक्ता राजेन्द्र पाण्डेका अनुसार इ-पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको छ।’राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको देखियो। सेप्टेम्बरदेखि हामी इ-पासपोर्ट दिन्छौं। त्यही भएर अहिले अत्यावश्यक नपरी नयाँ पासपोर्ट नबनाउन र नवीकरण नगर्न भनेका हौं,’ पाण्डेले भने।उनका अनुसार इ-पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको छ। उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने छ। ‘यो कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको छ,’ प्रवक्ता पाण्डेले भने।

नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उनले बताए। अहिले संसारका १२० मुलुकले इ-पासपोर्ट जारी गरिसकेका छन्।सेवाग्राहीले इ-पासपोर्ट बनाउँदा एमआरपी बनाउँदा जतिकै शुल्क तिरे पुग्ने पाण्डेले बताए।नेपालले यसअघि सन् २०१० मा हस्तलिखित पासपोर्ट हटाएर मेसिन रिडएबल पासपोर्ट दिन थालेको थियो। इ-पासपोर्ट आए पनि अहिले जारी भएका एमआरपी म्याद नसकिउन्जेल प्रयोगमा रहने प्रवक्ता पाण्डेले बताए। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com