Home समाचार पोखरा विमानस्थलका लागि द्रुतमार्गबाट रुख काट्ने अनुमति पाएन प्राधिकरणले

पोखरा विमानस्थलका लागि द्रुतमार्गबाट रुख काट्ने अनुमति पाएन प्राधिकरणले

by ईलालटिन
0 comment

काठमाडौं ।  पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकांस भौतिक पूर्वाधारको बाहिरी संरचना निर्माण भइसकेका छन्। यन्त्र उपकरण जडान तथा फिनिसिङको काम बाँकी रहेको छ।  विमानस्थलमा व्यावसायिक उडानका लागि तयार हुन अब बढीमा ९/१० महिना लाग्‍ने छ।इन्जिनियरिङ,प्रोक्र्युमेन्ट,कन्स्ट्रक्सन र फाइनान्सिङ(इपिसिएफ) मोडालिटीमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो आयोजना आउने जुलाइसम्म निर्माण सक्नुपर्ने छ। यद्यपी कोरोना महामारीका कारण निर्माण प्रभावित हुने भएकाले केही समय ढिला हुने छ। ‘जति ढिला भएपनि सन् २०२१ को अन्तिम त्राइमासभित्रै विमानस्थल सञ्‍चालनका लागि योग्य होला’ नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदिप अधिकारीले भने। विमानस्थलको निर्माणपछि पनि सुरक्षा जाँच तथा इन्सपेक्सन लगायतका कामले गर्दा निर्माण सम्पन्नपछि पनि उडानका लागि तयार हुन समय लाग्छ। निर्माण सम्पन्न भएपनि विमानस्थलमा उडान गर्नका लागि कटान गर्नुपर्ने रिठ्ठेपानी डाँडो कटानको काम भने ढिला हुने देखिएको छ। यो डाँडो कटान गर्नका लागि सरकारी अनुमतिमा ढिलाइ हुँदा विमास्थल निर्माण भएपनि उडानका लागि तयार हुन थप समय पर्खिनुपर्ने समय आउनसक्ने आयोजना सम्बद्ध अधिकारीहरुले बताउँदै आएका छन्।

यो विमानस्थलमा एकतर्फीमात्र उडान तथा अवतरण एप्रोच गर्न मिल्छ। जुन रिठ्ठे डाँडोपट्टीबाट एप्रोच गर्नुपर्छ। यही डाँडो कटानका लागि भन्दै विमानस्थल निर्माण आयोजना, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयले द्रुतमार्ग खोजेका थिए। छ सय रुख काट्नुपर्ने ठहर गरेको प्राधिकरणले मन्त्रिपरिषदबाट निर्णय गराएर रुख काट्ने तथा डाँडो सम्याउने तयारी गरेको थियो। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ब्रिफिङ गरेको प्राधिकरणले भनेअुनसारको निर्णय भने हुन सकेन। ‘प्रधानमन्त्री स्वयम् द्रुतमार्गबाट रुखकटानको आदेश दिन सहमत हुनुभएको थियो। तर वनमन्त्रालयको प्रस्तावले फेरि पहिलेकै अवस्थामा पुर्‍याएको छ’ प्राधिकरणका एक उच्च अधिकारीले भने। वन मन्त्रालयले रुख कटानका लागि प्राधिकरणले पूरक वातावरणीय परीक्षण अध्ययन गराउनुपर्ने र सो अध्ययन रिपोर्ट स्वीकृत भएपछिमात्र रुख कटान गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषदमा लिएको थियो। सोही आधारमा निर्णय भएपछि पूरक इआइए गरेरमात्र रुख काट्नुपर्ने भएको छ। कुनै पनि आयोजना निर्माणको क्रममा थप वन,जंगल तथा क्षेत्रफल उपयोग गर्नुपर्ने भएमा पूरक इआइए गर्नुपर्ने कानूनी व्यवस्था छ। यसरी इआइए गर्दा इआइए गर्दाको जस्तै समय र प्रक्रिया आवश्यक पर्ने भएकाले इआइए गर्न नै कम्तिमा एक वर्षको समय लाग्ने अधिकारीहरुले बताउँदै आएका छन्। यसअघि नै  एक संसदीय समितिले अबको ६ महिनाभित्र रिठ्ठेपानी डाँडो कटान गरिसक्न निर्देशन दिएको थियो। समितिले निर्देशन दिएपनि मन्त्रिपरिषदको निर्णयअनुसार  ढिला हुने आयोजनाले प्रष्ट पारिसकेको छ। इआइए पूरक भनिएपनि यसको प्रक्रिया पूर्ण इआइएको जस्तै हुने राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका प्रमुखसमेत रहेका इन्जिनियर प्रदिप अधिकारीको भनाइ छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com