Home समाचार प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको छ: रामचन्द्र पौडेल

प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको छ: रामचन्द्र पौडेल

by ईलालटिन
0 comment

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको बताएका छन्।बिहीबार दाङको तुलसीपुरमा प्रजातन्त्रका सेनानी पूर्व राष्ट्रिय पञ्चायतका सदस्य लोकमणि गिरीको १३ औं दिनमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले दुई दिन अगाडि मात्रै शितल निवासमा प्रधानमन्त्रीले राष्ट्रपति भवनमा ठाडै संसद चलेन भनेको कुरालाई राष्ट्रपतिले सपोर्ट गर्नुलाई षडयन्त्रको संज्ञा दिए। ‘संसदमा आफू उपस्थित नै नभएर बिजनेस नै नदिएर यसो देखिएर सदन सुरू हुनु भन्दा अगाडि नै निस्कँदै हिँड्दै गर्ने अनि उसैले संसद चल्न सकेन भनेर भन्ने?,’ पौडेलले प्रश्न गरे, ‘अब फेरि जनादेशमै जानु पर्छ भनेर प्रधानमन्त्रीले भन्ने र जनादेश त राम्रै प्रजातान्त्रिक अभ्यास हो नि भनेर राष्ट्रपतिले थपथाप गर्दै सही थाप्न मिल्छ ? यो षडयन्त्र हो।’प्रतिनिधि सभालाई फेरि पनि मार्ने षडयन्त्र भइरहेको भन्दै उनले विघटनबाट सदन बचे पनि अब विकृतिबाट सदन जोगाउन जरूरी रहेको बताए।सत्ताभन्दा व्यवस्था ठूलो भएको भन्दै उनले अहिले व्यवस्था बचाउनु ठूलो सवाल भएको बताए।

‘व्यवस्था रह्यो भने सत्ता त आइरहन्छ। खेत रह्यो भने बाली त अर्को साल पनि आउँछ,’ उनले भने ‘ खेतै गयो भने बाली कहाँबाट आउँछ ? त्यसैले यो व्यवस्था बच्नुपर्छ।’उनले पार्टीकै साथीहरूले किन विवाद गर्ने, किन बाहिर बोल्ने भन्ने ढंगले कुरा गर्नु उचित नभएको धारणा राखे। ‘बसेर बोल्दा कसैले सुन्दैन, उठेर बोल्दा हावाले लान्छ भने जस्तै छ,’ उनले प्रश्न गरे, ‘कार्यसमितिमा बोल्दा सुन्या नसुनेझैं गर्ने, बुढानिलकण्ठमै गएर बोल्दा वास्ता नगर्ने भएपछि तपाईंकहाँ आएर नबोलेर कहाँ बोल्ने ?’उनले आँखा चिम्लेर व्यक्ति पूजा नगर्न पनि आग्रह गरे। ‘व्यक्ति पूजा लोकतन्त्र हैन,’ उनले भने ‘लोकतन्त्रमा कोही व्यक्ति सर्वेसर्वा हुन्न,’ उनले भने, ‘लोकतन्त्रभित्र बराबरको बीचमा पहिलो दोस्रो मात्रै हुन्छ, तर कोही सर्वेसर्वा हुँदैन।’कम्युनिष्टहरूले आत्मालोचना गर्दै गल्ती दोहोर्‍याउने गरेको र कांग्रेसले गल्ती गरेपछि ढाकछोप गर्दै फेरि गल्ती गर्ने गरेको हुँदा ढाकछोपबाट पार्टी बलियो नहुने उनले बताए। नेपाली समाजलाई लोकतान्त्रीकरण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको भएको भन्दै उनले त्यसका लागि सबभन्दा पहिले नेपाली कांग्रेस आफैंभित्र लोकतान्त्रीकरण हुन जरूरी रहेको धारणा राखे। पौडेलले भने, ‘लोकतान्त्रिक काँग्रेस बनाऊँ यो अलोकतान्त्रिक कांग्रेसले लोकतन्त्रको रक्षा गर्दैन।’ आज देशलाई लोकतान्त्रिक कांग्रेस चाहिएको उनले दाबी गरे। नेपाली कांग्रेस अन्यौलमा रहेकोले नेपालको राजनीति अन्यौलतिर गएको उनले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com