काठमाडौं । बिहीबार महाशिवरात्रि पर्व मुलुकभर धुमधामका साथ मनाइएको छ। हिन्दु धर्मावलम्बीले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा अराधना गरी महाशिवरात्री पर्व मनाएका हुन्।पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको थियो। महाशिवरात्रीलाई लक्षित गरी पशुपति क्षेत्र विकास कोषले बिहीबार बिहान ४ बजेदेखि नै मन्दिरका चार वटै ढोका खोलेको थियो।यसपाला विगतका महाशिवरात्रिमा जस्तो भिड थिएन। गत वर्ष १० लाखभन्दा बढीले पशुपतिनाथको दर्शन गरे पनि यसपालि करिब आधाले मात्र दर्शन गरेका थिए।यस्तै भारतबाट आउने साधु सन्तको उपस्थिति पनि यसपालि न्यून देखियो। कोषले अघिल्ला वर्ष भारतका विभिन्न स्थानमा पुगेर साधु सन्तलाई निम्ता नै दिने गरिएको थियो र करिब १० हजार हाराहारीमा आउँथे। कोषले यसपालि महामारीका कारण निम्ता नै गरेन।पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाका अनुसार भारतका साथै विभिन्न जिल्लाबाट कम आएकाले पशुपतिमा यसपालि अघिल्ला वर्षको शिवरात्रीमा जस्तो भिडभाड नभएको हो। कोषले श्रद्धालुका लागि पशुपतिनाथको दर्शन गर्न तीन वटा लाइनको व्यवस्था थियो। करिब एक घण्टामै दर्शन गर्ने पालो मिलेकोले श्रद्धालुहरु हर्षित देखिन्थे।सेतोपाटी ।
महाशिवरात्रिमा पशुपति दर्शन गर्ने पाँच लाख बढी, गतवर्षभन्दा आधा घटे
114
previous post