Home कला चर्चित रक ब्याण्ड ‘अनुप्रस्थ’को पहिलो मेघा लाईभ कन्र्सट कुश्मामा

चर्चित रक ब्याण्ड ‘अनुप्रस्थ’को पहिलो मेघा लाईभ कन्र्सट कुश्मामा

by ईलालटिन
0 comment

पर्वत । नेपाली रक संगीतको दुनियाँमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल रक ब्याण्ड ‘अनुप्रस्थ’ पहिलो पटक कुश्मामा मेघा लाईभ कन्र्सटका लागि आउने भएको छ ।

रिदम्स् म्यूजिक ग्रुप कुश्मा पर्वतको आयोजनामा यही चैत्र १५ गते फागु पुर्णिमाको अवसर पारेर कन्र्सट गर्न लागिएको बारे शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

कन्र्सटबाट उठेको रकम सामाजिक क्षेत्रमा खर्च गरिने ग्रुपका सदस्य सन्दिप बस्यालले बताए ।

सँगै पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको समेत विशेष सांगितिक प्रस्तुति रहने छ, भने स्वयं रिडम्स म्युजिक ग्रुपको पनि लाइभ कन्र्सट रहने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

कार्यक्रमका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com