Home समाचार नेकपा माओवादी केन्द्रमा पार्टीको नाम फेर्नेबारे छलफल

नेकपा माओवादी केन्द्रमा पार्टीको नाम फेर्नेबारे छलफल

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले नाम फेर्न छलफल अगाडि बढाएको छ। पार्टी स्थायी समिति बैठकमा नाम फेर्नेबारे छलफल भएको एक स्थायी समिति सदस्यले सेतोपाटीलाई बताए। नेपाल कम्युनिष्ट पार्टी अथवा नेपाल कम्युनिष्ट पार्टीसँग अर्को एउटा शब्द जोडेर पार्टीको नाम फेर्ने विषयमा छलफल भएको ती सदस्यले बताए। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको नाम फेर्ने बारे अनौपचारिक छलफलको विषय मात्र बनेको बताए।’औपचारिक छलफल हैन, अनौपचारिक छलफल भएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष प्रचण्डले पनि यो विषयमा उपयुक्त समयमा निर्णय लिने कुरा गर्नु भएको छ।’नेकपा एकीकरण खारेज गरेर निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युताँइदिएपछि पेरिसडाँडास्थित माओवादी कार्यालयमा रहेको बोर्ड हटाउने विषयमा छलफल हुँदा नामको विषय उठेको ती स्थायी समिति सदस्यले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com