Home अर्थ/वाणिज्य नेपालले भारतलाई बेच्यो १० करोड ७० लाख युनिट बिजुली, चुहावट १५ प्रतिशत नजिक

नेपालले भारतलाई बेच्यो १० करोड ७० लाख युनिट बिजुली, चुहावट १५ प्रतिशत नजिक

by ईलालटिन
0 comment

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षमा बिजुली आयात घटाएको छ, निर्यात बढाएको छ ।

प्राधिकरणले गएको वर्ष २०७६/०७७ मा १० करोड ७० लाख युनिट विद्युत् भारतमा निर्यात गरेको छ । केही वर्षभित्रै विदुतमा आत्मनिर्भर भइ नेट निर्यात सुरु गरिने प्राधिकरणले जनाएको छ । अहिले इनर्जी बैंकिङ अवधारणमा बिजुली निर्यात भएको हो । आर्थिक वर्ष २०७२/०७३ मा ३१ लाख ५० हजार युनिट निर्यात भएको थियो ।

निर्यात बढिरहँदा भारतबाट आयात हुने बिजुली भने घट्दै गएको छ । देशमा १४ घण्टासम्म लोडसेडिङ हुँदा देशभित्र कुल विद्युत् खपतको झण्डै ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर विद्युत् खपत झण्डै ८० प्रतिशतले बढेको अवस्थामा पनि आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा थियो ।

गएको वर्ष बिजुली आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष ५ देखि १० प्रतिशतमा मात्रै सीमित हुने प्राधिकरणले जनाएको छ ।

यस्तै विद्युत् प्राधिकरणले चुहावट १५ प्रतिशत नजिक झारेको छ । आर्थिक वर्ष २०७२/०७३ मा प्रणालीमा रहेको २५ दशमलव ७८ प्रतिशत रहेको विद्युत् चुहावटलाई घटाएर आर्थिक वर्ष २०७६/०७७ मा १५ दशमलव २७ प्रतिशतमा सीमित गर्न सफल भएको प्राधिकरणले जनाएको छ l

उज्यालो अनलाइनबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com