Home समाचार इँटा उद्योगको पोखरीमा डुबेर ५४ वर्षीय पुरूषको मृत्यु

इँटा उद्योगको पोखरीमा डुबेर ५४ वर्षीय पुरूषको मृत्यु

by ईलालटिन
0 comment

पाँचखाल नगरपालिका–९ माडीगाउँस्थित पलाञ्चोक भगवती ब्रीक इन्ड्रष्टिज प्रालिको पोखरीमा डुबेर आज एक पुरुषको मृत्यु भएको छ।

पोखरीमा डुबेका पाँचखाल–१२ का ५४ वर्षीय काजीमान दनुवारको शव चार घण्टापछि निकालिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी निरीक्षक राजेश अधिकारीले अपराह्न ४ बजे पोखरीबाट सुरक्षाकर्मी र स्थानीयवासीबाट पोखरीमा खोजी गरी दनुवारको शव भेटिएको बताए। दनुवार मध्याह्न करीब १२ बजे पोखरीमा डुबेको अनुमान गरिएको छ। एक्स्काभेटरको सहयोगले पोखरीको पानी पाँच फिट खोलेपछि दनुवारको शव भेट्टाइएको स्थानीयवासी तोरण दनुवारले जानकारी दिए।

उनका अनुसार अन्य दुई साथीसँग घुम्दै हिँडेका बेला गर्मी भई डिल बसेर मुख धुने क्रममा दनुवार चिप्लिएर पोखरीमा डुबेका थिए।

भक्तपुरका व्यवसायी र  स्थानीयवासीको साझेदारीमा सञ्चालित उक्त उद्योगले वर्षौँदेखि चिनियाँ गुणस्तरको इँटा उत्पादन गर्दै आएको छ। उद्योगले पानीका लागि बनाएको उक्त पोखरीमा तारजालीले घेरिएको छैन।

सडक नजीकै रहेको  पोखरी करीब १५ फिट गहिरो रहेको पाँचखाल –१२ का वडा सदस्य राजेश मैनालीले बताए। उनका अनुसार उद्योगले आफ्नो पोखरीमा पर्खाल तथा तारजाली नलगाउँदा केही वर्षदेखि पोखरीमा डुबेर मृत्यु हुने घटना दोहोरिरहेका छन्।

इँटा उद्योग व्यवसायी सङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष जीतेन्द्र खयामलीले उद्योगलाई आफ्नो पोखरीमा तारजाली वा पर्खाल बनाउन संस्थागत रुपमा पटकपटक आग्रह गर्दा अटेर गरेकाले दुर्घटना भइरहेको बताए। विसं २०७५ माघ पहिलो साता पाँचखालस्थित एक इँटा उद्योगको पोखरीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको थियो। त्यसको केही महिनाअघि स्थानीय एक इँटा उद्योगले खोलामा खनेको खाडलमा परी आठ वर्षको बालकको मृत्यु भएको थियो।

यसअघि २०७६ मा ११ गते अपराह्न पनौती नपा–जाइडोलस्थित जोगेश्वरी इँटा उद्योगको शौचालय निर्माणार्थ बनाइएको पोखरीमा डुबेर २२ महिनाकी कृष्टिना तामाङको मृत्यु भएको थियो। उनी घरदेखि ३०० मिटर नजीकैको उद्योगमा छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको थियो।

सेतोपाटीबाट

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com