Home समाचार पहिलो चरणको दोस्रो प्राथमिकताको खोप अभियान सुरु

पहिलो चरणको दोस्रो प्राथमिकताको खोप अभियान सुरु

by ईलालटिन
0 comment

काठमाडौं । पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । आइतबारदेखि खोप अभियान सुरु भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरुको लागि खोप अभियान फागुन ८ गतेसम्म चल्ने छ खोप अभियानमा सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, राजधानीभन्दा बाहिरका पत्रकार लगायतले यो अभियान अन्तर्गत खोप लगाउन पाउने छन् ।   त्यस्तै पहिलो प्राथमिकतामा खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेविकाहरू, एम्बुलेन्स चालक, सहचालक र शव वाहन चालकहरूलाई पनि यो अभियानमा खोप दिइने जनाइएको छ । खोप अभियानका लागि स्वास्थ्य कार्यालय काठमाडौंले १२ स्थानमा खोप केन्द्र तोकेको छ ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com