Home समाचार बागलुङका तीन योजनाका लागि पर्यटन मन्त्रालयसँग १५ करोडको साझेदारी

बागलुङका तीन योजनाका लागि पर्यटन मन्त्रालयसँग १५ करोडको साझेदारी

by ईलालटिन
0 comment

बाग्लुङ  । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रवद्र्धधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बागलुङका तीन योजनामा सझेदारी गर्ने भएको छ । सोका लागि झण्डै रु १५ करोड २१ लाख बजेट विनियोजन गरिएको छ । पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार साझेदारीमा ती आयोजना सञ्चालन हुनेछन् । प्रदेश र स्थानीय तहसँग लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत मन्त्रालयको गत माघ २९ गतेको मन्त्रीस्तरिय बैठकले आयोजनाको छनोट तथा बजेट विनियोजन गरेको हो । गण्डकी प्रदेशमा सबैभन्दा धेरै योजना बागलुङ र गोरखामा सञ्चालन हुनेछन् । यी जिल्लामा तीन÷तीन योजना छनोट भएका मन्त्रालयले सूचनामार्फत जानकारी गराएको छ । बागलुङ नगरपालिका– ५ र ६ को मालिका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु संरक्षण तथा पर्यटन प्रबद्र्धन आयोजना सञ्चालन हुने भएको छ । रु पाँच करोड ६५ लाखको योजनामा तीन करोड ६५ लाख मन्त्रालयले र रु एक करोड ९६ लाख नगरपालिकाले साझेदारी गर्ने नगर प्रमुख जनकराज पौडेलले बताए । गलकोट नगरपालिकामा गलकोट टेउवा मूर्तिकला सङ्ग्रहालय निर्माण तथा घुम्टेसम्म सडक पहुँच विस्तारको योजना छनोट भएको छ । दुई वर्षमा सकिने रु सात करोडको लागतको यो योजनाका लागि मन्त्रालयको चार करोड ५५ लाख अनुदान र नगरपालिकाको रु दुई करोड ४५ लाख साझेदारी रहने छ । ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ । रु दुई करोड ६६ लाखको योजनाका लागि रु एक करोड ८६ लाख  मन्त्रालय र रु ८० लाख गाउँपालिकाले साझेदारी गर्नेछन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com