झापा । पर्यटन प्रवद्र्धनको विकास गराउने उद्देश्यले सरकारले छनोट गरेका देशभरका २०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा झापाका १० ओटा स्थान छनोट भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छनोट गरेको सूचीमा जिल्लाका विभिन्न १० वटा स्थानलाई पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरिएको छ । ती स्थानको प्रवद्र्धनको लागत भने रु ४८ करोड रुपैयाँभन्दा बढी रहेको छ । मन्त्रालयको छनोटमा परेका गन्तव्य योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत रु छ करोड ७० लाख अनुमान गरिएकामा मन्त्रालयबाट रु चार करोड ३५ लाख छुट्याइएको छ । यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत रु दुई करोड अनुमान रहेकामा रु एक करोड ३० लाख मन्त्रालयबाट विनियोजन हुने तय भएको छ । कन्काई नगरपालिकाको कन्काई सामुदायिक वनस्पति उद्यानका लागि रु छ करोड ९० लाख कुल लागत अनुमान रहेकामा रु चार करोड ४९ लाख विनियोजन हुने भएको छ । रु छ करोड ७३ लाख अनुमान रहेको भद्रपुरको साइन्स सिटीका लागि रु चार करोड ३८ लाख मन्त्रालयबाट विनियोजन हुने भएको छ ।
झापाका १० स्थान नयाँ पर्यटकीय गन्तव्यको सूचीमा
85
previous post