Home समाचार सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

by ईलालटिन
0 comment

कैलाली  ।  सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ ।आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ । यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए । उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।  भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ । यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com