Home समाचार राजदेवी नगरपालिकाः नगरप्रमुखले एकलौटी रुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

राजदेवी नगरपालिकाः नगरप्रमुखले एकलौटी रुपमा नगरसभा गरेको उपप्रमुखको आरोप

by ईलालटिन
0 comment

रौतहट ।  राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले नगर प्रमुख धीरेन्द्र सिंहले एकलौटीरुपमा नगरसभा गरेको आरोप लगाएकी छिन् । आफूसँग कुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरुपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएकी हुन्। राजदेवी नगरपालिकाको पाँचौँ नगरसभा शनिबार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो । खुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफनो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उनको भनाइ थियो । एकलौटीरुपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुगेर हस्ताक्षर गराएको बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुनै छलफल नभएको र आफूसँग कुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरुपमा आफ्नो खुशी योजना ल्याएर नगरसभाबाट जबर्जस्ती पास गराएको आरोप लगाए । नगरसभामा गएर आफुूले आफ्ना कुरा राख्न चाहेको भए पनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुखेसो व्यक्त गर्दै उनले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाए । नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताए । आफूले सबै कार्यपालिका सदस्यको सहमतिमा नै नीति तथा योजना ल्याई नगरसभा गरेको उनको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com