Home समाचार हिमपहिरोमा फसेका आफ्ना मालिकलाई यसरी बचाए कुकुरले

हिमपहिरोमा फसेका आफ्ना मालिकलाई यसरी बचाए कुकुरले

by ईलालटिन
0 comment

बर्न ।  स्विट्जरल्यान्डमा कुकुरहरूले भुकेर हिमपहिरोमा फसेका आफ्ना दुई मालिकलाई बचाएका छन्।दक्षिण-पश्चिमी क्षेत्रको एभर्स भ्यालीमा शनिबार दिउँसो ३ बजे हिमपहिरो गएको थियो। हिमपहिरोले उक्त ठाउँको पैदल यात्रा गर्ने ट्रेल  पुरेको थियो।हिमपहिरोमा परी दुई जना मानिस पुरिएका थिए। उनीहरूसँगै गएका कुकुरहरू भने हिउँमा पुरिएनन्। त्यसपछि कुकुरहरू भुक्न थाले।कुकुर भुकेको सुनेपछि नजिकै हिउँ खेल्दै गरेका मानिसहरू गए। उनीहरूले हिउँमा फसेका दुई व्यक्तिलाई निकाले।’हिउँमा नपुरेको उनीहरूको कुकुरले ठूलो स्वरले भुकेर ध्यान खिचेको थियो,’ एम्बुलेन्स सेवा रेगाले भनेको छ। हिउँपहिरो गएको १५-२० मिनेटपछि अरू मानिसहरू घटनास्थलमा पुगेका थिए। रेगाका अनुसार पहिरोमा पुरिएका मध्ये एक जनाको हात देखिएको थियो। त्यस्तै अर्का व्यक्ति भने पुरै पुरिएका थिए।दुबै जनालाई मानिसहरूले हिउँ खनेर निकालेका थिए।रेगाका अनुसार उनीहरू सामान्य घाइते भएका छन्। उनीहरूलाई सामान्य हाइपोथर्मिया समेत भएको छ।रेगाले उनीहरूलाई हेलिकप्टरमार्फत अस्पताल पुर्‍याएको थियो।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com