Home समाचार भूमिहीन दलितको लगत संकलन सुरु, गलत विवरण टिपाए कारबाही गर्ने मन्त्री तुम्बाहाङ्फेको चेतावनी

भूमिहीन दलितको लगत संकलन सुरु, गलत विवरण टिपाए कारबाही गर्ने मन्त्री तुम्बाहाङ्फेको चेतावनी

by ईलालटिन
0 comment

काठमाण्डौँ ।  देशभरका स्थानीय तहमार्फत भूमिहीन दलित तथा सुकुम्बासीको लगत संकलनको काम सुरु भएको छ । स्थानीय तहमार्फत तथ्याङ्क संकलन गरी भूमिविहिन दलित तथा सुकुम्बासीलाई सरकारले जग्गा उपलब्ध गराउने भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।सुकुम्बासी दलितलाई जग्गा घर दिने कार्यक्रम अन्तर्गत सम्झौता भएका स्थानीय तहमार्फत लगत संकलनका लागि निर्देशन दिएको उनले बताइन् ।

उनले  भनिन्–‘भूमिहीन सुकुम्बासीका लागि घर बनाइदिने, जग्गा दिने, सुकुम्बासीका लागि पूर्जा दिने योजना अन्र्तगत यो कार्यक्रम सुरु गरिएको हो । यसका लागि भूमि आयोग र स्थानीय तहबीच सम्झौता भएको छ । सूरुमा स्थानीय तहले लगत संकलन गर्छ र त्यसपछि जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढ्छ । यसका लागि तीब्र गतिमा काम गर्न भनेको छु ।’ उनले घर जग्गा जमिन भएर पनि झुटो विवरण पेश गरे, कसैले ढाँट छलछाम गरे कानून बमोजिम कारवाही गर्ने बताइन् । यसबारे मोरङमा अहिले अन्तर्क्रिया गरिरहेको मन्त्री तुम्बाहाङ्फेले जानकारी दिइन्  ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com