Home समाचार तनहुँ कारागारमा पुस्तकालय स्थापना, एक हजार पाच थान पुस्तक हस्तान्तरण

तनहुँ कारागारमा पुस्तकालय स्थापना, एक हजार पाच थान पुस्तक हस्तान्तरण

by ईलालटिन
0 comment

काठमाण्डौँ । टिम नेपोले तनहुँ कारागारमा पुस्तकालय स्थापना गरेको छ । उक्त संस्थाले देशभरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई वर्षदेखि ‘पुस्तक परियोजना’ अभियान संचालन गर्दैआएको छ । टिम नेपोले रोटरी क्लब अफ काठमाडौँ मिडटाउन र व्यास नगरपालिकाको सहकार्यमा १००५ थान पुस्तक, बुकर्याक व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, टिम नेपोका संस्थापक निगम पौडेल, टिम नेपो तनहुँका संयोजक गोविन्द तिमिल्सिनाले सामूहिक रुपमा कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीलाई विहीबार हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा नगरप्रमुख न्यौपानेले युवा पुस्ताले देखाएको रचनात्मक कार्य प्रशंसनीय रहको बताए । कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी ज्ञानबर्द्धक बनाउन सफलता मिल्ने उनले बताए । त्यसैगरी, प्रजिअ आचार्यले संख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु वितरण गर्न सकिए त्यसले सार्थकता पाउन सक्ने भन्दै अभियानलाई शुभकामना दिए । टिम नेपोका संस्थापक तथा केन्द्रीय अध्यक्ष निगम पौडेलले अनुसन्धानका क्रममा कारागारमा पुस्तकको निकै आवश्यकता देखिएकाले यसलाई अभियानकै रुपमा संचालन गरिएको जानकारी गराए । त्यसक्रममा उनले भने ‘हामीले उदेश्य कारागारमा पुस्तकालय स्थापना गर्नु मात्रै होइन, कारागारलाई सुधारकेन्द्रको रुपमा स्थापना गर्नु, कारागारमा कुण्ठित भएर बसेका थुनुवा तथा कैदी बन्दीहरुलाई विगतमा आफुले गरेका गल्ति, कमजोरीलाई महसुस गरि आगामी जीवन अनुशासित, मर्यादित बनाउन सहयोग गर्नु यस अभियानको उदेश्य हो’ । टिम नेपोका जिल्ला अध्यक्ष गोविन्द तिमिल्सेनाले बताएअनुसार कारागारलाई एक लाख १७ हजार मूल्य बराबरका एक हजार पाँच पुस्तक प्रदान गरिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com