Home समाचार बेलायतमा कोरोना संक्रमणको रेकर्डस्तरको वृद्धि, एकै दिन ५७ हजार बढी संक्रमित

बेलायतमा कोरोना संक्रमणको रेकर्डस्तरको वृद्धि, एकै दिन ५७ हजार बढी संक्रमित

by ईलालटिन
0 comment

काठमाण्डौँ ।  बेलायतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर उल्लेखनीय रुपमा बढ्दै गइरहेको छ । संक्रमित संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ ।शनिबार  सार्वजनिक तथ्याङ्क अनुसार संक्रमित संख्या अहिलेसम्मकै उच्च रहेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५७ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यो संख्या बेलायतमा महामारी शुरु भए यताकै सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि २६ लाखको हाराहारीमा पुगेको छ । दैनिक ५० हजारभन्दा बढी संक्रमित भएको यो पाँचौं दिन हो । पछिल्लो समयमा बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार ‘स्ट्रेन’ देखा परेपछि संक्रमण दर तीव्र रुपमा बढेको हो ।

यसैगरि गएको २४ घन्टामा थप ४४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ हजार ५७० पुगेको छ । हाल बेलायतका अस्पतालमा कोरोना संक्रमितको संख्या झन्डै २४ हजार पुगेको छ । दैनिक दुई हजार चार सय भन्दा बढी कोरोना संक्रमित अस्पताल भर्ना भैरहेका छन् । संक्रमित संख्याको चाप बढ्न थालेपछि यहाँका अस्पताल थप अस्तव्यस्त बन्न पुगेका छन् ।फाइजन –बायोनटेक कम्पनीबाट निर्मित कोभिड खोप आम रुपमा लगाउने पहिलो देश बेलायतले यहाँकै अक्सफोर्ड विश्वविद्यालयबाट निर्मित खोप पनि आउँदो सोमबारदेखि आम रुपमा वितरण गर्दैछ । झण्डै दश लाख मानिसलाई फाइजन – बायोनटेकको भ्याक्सिन दिइसकेको स्वास्थ्य मन्त्रि म्याट ह्यान्ककले बताएका छन् ।अक्सफोर्ड –एष्ट्राजेनेकाको भ्याक्सिन पनि बेलायतका अस्पतालमा ढुवानी भइसकेको संचार माध्यमले जनाएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com