Home समाचार फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट

फिनल्याण्डमा देखियो फाइजरको खोपको गम्भीर साइड इफेक्ट

by ईलालटिन
0 comment

काठमाण्डौँ ।  अमेरिकी कम्पनी फाइजरले निर्माण गरेको कारोनाविरुद्धको खोपको पाँच व्यक्तिमा गम्भीर साइड इफेक्ट देखिएको छ । फिनल्याण्डको मेडिसिन एजेन्सीले यसबारे जानकारी दिएको हो । दुई दिनअघि मात्र फाइजरलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याण्डको वाईएलई ब्रोडकास्टरको खबर अनुसार २७ डिसेम्बरबाट युरोपेली मुलुकमा व्यापक खोप कार्यक्रम शुरु गरिएको थियो । युरोपले फाइजरको खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएको थियो । फिनल्याउडको चिफ फिजिसियन मैया कौकोनेंका अनुसार हालसम्म पाँच जना व्यक्तिमा खोपको साइड इफेक्ट देखिएको छ । उनको बारे विस्तृत विवरण गोप्य राखिएको छ । उनका अनुसार चाँडै नै साइड इफेक्टबारे जानकारी वेबसाइटमा पनि राखिएको छ । उनले साइड इफेक्ट थप बढ्न सक्ने बताइन् । विश्वमा हालसम्म ८.४४ करोडभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये ८ करोड ९८ लाखभन्दा बढी निको भइसकेका छन् भने १८ लाख ३७ हजार बढीले ज्यान गुमाइसकेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com