Home समाचार अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने

अप्रिलको अन्त्यसम्म नेपालमा कोरोना विरुद्धको खोप आउन सक्ने

by ईलालटिन
0 comment

काठमाण्डौँ ।  आगामी अप्रिल महिनादेखि नेपालमा पनि  कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको बताइएको छ ।  हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड  बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा  अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति  दिइसकेको अवस्था  छ । विभिन्न  मुलुकमा तीव्र रूपमा  खोप वितरण समेत जारी छ  । खोप आगामी अप्रिल महिनादेखि नेपालमा पनि आउन सक्ने एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी  अपनाउन  जरुरी  रहेको भन्दै  समितिले  अझै ढुक्क  हुने अवस्था  भने नरहेको  जनाएको छ । बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी  मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले  औंल्याएको छ। भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ  प्रकारको  भाइरस देखा परेका देशमा  बसोबास  गर्ने नेपालीहरुलाई  पनि सचेत  रहन समितिले  आग्रह  गरेको छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com